• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    विधार्थीलाई झोला वितरण


    २०७७ पुष ८, बुधबार
    विधार्थीलाई झोला वितरण

    २०७७ पुष ८, बुधबार

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दलित तथा फरक क्षमता भएका विधार्थीहरुलाई झोला वितरण गरेको छ ।

    विधार्थीहरुलाई किताब, कापी, कलम बोक्नलाई सहज होस भन्ने उद्देश्यले झोला वितरण गरिएको हो ।

    गाउँपालिकासँग महिला तथा वालवालिका कार्यक्रम अन्तर्गत मंगलबार दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको ओख्रेस्थित महेन्द्रोदय माध्यमिक विद्धालयमा अध्ययनरत ४७ जना विधार्थीहरुलाई झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अनुसार ६ जना फरक क्षमता भएका र ४१ जना दलित विधार्थीहरुलाई झोला वितरण गरिएको हो । झोला गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राई, सम्बन्धित वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले वितरण गरेका हुन् ।

    यसैविच, खेलकुदमा महिला सहभागिता बढोस भन्ने उद्देश्यले महिला विधार्थीलाई गाउँपालिकाले एकवटा भलिवल, एक थान नेट (झाली) र एकवटा पम्प पनि वितरण गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर