खोटाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्पर्क कार्यालय स्थापना गरेको छ। जिल्लाको सदरमुका दिक्तेलबजारस्थित भानुचोक बरगाछीमा कार्यालय स्थापना गरिएको हो।
निकट भविष्यमा जिल्लाभर संगठन निर्माण गरिने भएकाले विधिवत रुपमा कार्यालय स्थापना गरिएको रास्वपा प्रदेश सदस्य मन्जु विष्टले जानकारी दिईन्।
कार्यालय स्थापना गर्दै मुकुन्दकृष्ण थापा, पारस विराट र सोनामहाङ राईलाई कार्यालय सम्पर्क व्यक्तिको रुपमा जिम्मेवारी दिइएको छ।
उनीहरुले पार्टीको वारेमा जान्न चाहाने व्यक्तिहरुलाई जानकारी दिने र सदस्य बन्न चाहने व्यक्तिहरुलाई सदस्य बन्न सहजीकरण गर्नेछ।
सम्पर्क कार्यालय स्थापनामा रास्वपाका साधारण सदस्य डा. राजकुमार राई र रास्वपाका नेता गणेश बस्नेतको उपस्थिती थियो।
पार्टीको सदस्यता अनलाईन मार्फत लिनुपर्ने हुदाँ जिल्लामा यतिनै व्यक्तिले पार्टीको सदस्यता लिएका छन् भन्ने हाल जिल्लामा कुनै तथ्याङ्क छैन् । सदस्यताको विषयमा केन्द्रले अन्तिम टुंगो लगाउने भएकाले जिल्लाका यतिनै व्यक्तिले सदस्यलिए भन्ने कुुरा केन्द्रले जानकारी गराउने छ।