काठमाण्डौ, वैशाखः खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको मेयरको टिकटका लागी नेपाली कांग्रेसको तर्फबाट तीर्थराज भट्टराईलाई पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदार आधिकारीक पत्र पठाएका छन्।
साेमबार जिल्ला उपसभापति तिर्थराज भट्टराई र महाधिवेशन प्रतिनिधि धर्मराज पोखरे मेयरको लागि उम्मेदार मनोनयन दर्ता गरेका थिए।
पोखरेले प्रदेशको पत्रका आधारमा दर्ता गरेका थिए भने भट्टराई देउवाको पत्रका आधारमा दर्ता गरेका थिए ।
एउटै पार्टीबाट एकै पदको लागि दुई उम्मेदारको मनोनयन दार्ता भएकोले छाविनको लागि अदालतमा उजुरी परेको थियो । साे पश्चात भट्टराईलाई आधिकारीक उम्मेदार हो भनि देउवाले पत्र पठाएका हुन्।
यो पनि पढ्नुहोस्