• माघ १०, २०८२ शुक्रबार
    23 Jan, 2026, Friday

    एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि


    २०८२ माघ ५, आइतबार
    एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि

    २०८२ माघ ५, आइतबार

    झापा, ४ माघ । मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन् । विद्यावारिधि गर्नेमा डा. टीका भण्डारी, डा. हरिप्रसाद कट्टेल, डा. जीवनमणि पौडेल, डा. केदारमणि नेपाल र डा. डिल्लीराम भण्डारी हुनुहुन्छ ।

    पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गर्नुभएको थियो । उहाँहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ ।

    सङ्गीतकार, गायक एवं रेडियो नेपालका पूर्वनिर्देशक डा टीका भण्डारीले विद्यावारिधि हासिल गरेर वडाको शैक्षिक पहिचानलाई समेत चिनाउन पाएकामा गर्व अनुभूति भएको बताउनुभयो । कवि शिरोमणि माविमा अध्ययन पूरा गरेका समकालीन पाँच विद्यार्थीलाई पढाइको उपल्लो खुट्किलो मानिएको विद्यावारिधि तह पूरा गर्न विद्यालय र आफ्नो गाउँको वातावरणले महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको डा हरिप्रसाद कट्टेल बताउनुहुन्छ ।

    पाँचै जना सानैदेखि आपसमा मिल्ने र पढाइमा जेहेन्दार रहेको उहाँले बताउनुभयो । उहाँहरूले विद्यावारिधि गरेको विषय भने फरकफरक रहेको छ । कवि शिरोमणि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका पाँच जनाले विद्यावारिधि गरेको खबरले नयाँ पुस्ताका विद्यार्थीलाई मिहिनेत गरेर पढ्नका लागि प्रेरणा मिलेको बताउनुभयो । “एउटै वडाका एउटै विद्यालय पढेका पाँच साथीले यती ठूलो शैक्षिक सफलता पाउनु समग्र वडाकै गौरवको विषय हो”, थापाले भन्नुभयो । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर