• भाद्र २९, २०८२ आइतबार
    14 Sep, 2025, Sunday

    शिक्षक सेवा आयोग माध्यमिक शिक्षकको अन्तर्वार्ता स्थगित


    २०८२ भाद्र २४, मंगलबार
    शिक्षक सेवा आयोग माध्यमिक शिक्षकको अन्तर्वार्ता स्थगित

    २०८२ भाद्र २४, मंगलबार

    काठमाडौँ । शिक्षक सेवा आयोगले पर्सि २६ गतेदेखि हुने माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ता स्थगित गरेको छ ।

    देशमा विद्यमान असहज परिस्थितिका कारण पर्सिदेखि असोज १ गतेसम्म तय भएको माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव गणेश प्रसाद पौडेलद्वारा आज जारी सूचनामा जनाएको छ ।

    आयोगको गत साउन १९ गतेदेखि २३ गतेसम्म प्रकाशित सूचना अनुसार माध्यमिक तहको स्थायी शिक्षक पदपूर्ति प्रयोजनार्थ विज्ञापन भएका पदमा अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरूको अन्तर्वार्ता पर्सि २६ गतेदेखि आगामी असोज १ गतेसम्मका लागि तय गरिएको आयोगद्वारा आज जारी सूचनामा जनाइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर