• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, फागुन २७ गते उम्मेदवारी दर्ता हुने


    २०८१ फागुण ९, शुक्रबार
    स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, फागुन २७ गते उम्मेदवारी दर्ता हुने

    २०८१ फागुण ९, शुक्रबार

    काठमाडौँः त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला सोही दिन हुने समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ गते सम्मको समय कायम गरिएको छ । २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ ।

    चैत्र ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनमा भाग लिन संघ, संगठन, समूह दर्ता गर्ने मिति फागुन १९ गतेलाई कायम गरिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । देशभरका ६४ आंगिकसहित सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्नसक्नेछन् । २५ गते मददाता उपर दाबी विरोध र सोही दिन छानबिन गरी अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

    निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिने लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो । क्याम्पसहरुले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर