• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    आवासीय विद्यालय सञ्चालनका लागि बेनिघाट रोराङमा महायज्ञ


    २०८१ माघ ६, आइतबार
    आवासीय विद्यालय सञ्चालनका लागि बेनिघाट रोराङमा महायज्ञ

    २०८१ माघ ६, आइतबार

    काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आवासीय विद्यालय सञ्चालनका लागि कोष खडा गर्न श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । आगामी माघ १७ गतेदेखि २३ गते सम्म बेनिघाट रोराङ, चरौँदीमा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।

    बेनीघाट रोराङ गाउँपालिका शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि कालिका आवासिय विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताए ।

    उच्च कुपोषण, भोकमरी र बालबालिकाले विद्यालय छाड्ने दर जस्ता चुनौतिसँग जुधिरहेको बेनिघाट रोराङ गाउँपालिकामा कुपोषण र भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष थपलियाले वताए ।

    महायज्ञमा राधिका दासीको मुखारविन्दबाट कथा वाचन हुने छ । कार्यक्रममको मुल समारोह समिति, उपसमिति र वडास्तरीय सहजीकरण समिति निर्माण भईसकेको छ । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले समेत सो महायज्ञमा एक महिना बरावरको तलव भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि दान दिने गाउँपालिकाले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर