• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित


    २०८१ पुष २२, सोमबार
    शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित

    २०८१ पुष २२, सोमबार

    काठमाडौँ, २२ पुस : सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौँको माइतीघरमा आठ दिनदेखि उभिँदै आउनुभएका नेत्र चापागाईंले आन्दोलन स्थगित गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्दै उहाँका माग पूरा गर्ने प्रतिबद्धता जनाउनु भएपछि आन्दोलन स्थगित गर्नुभएको हो ।

    मन्त्री भट्टराईले आज उहाँसँग भेट गरी शिक्षा क्षेत्र सुधारका प्रक्रिया अघि बढिसकेकाले शङ्का नगर्न अनुरोध गर्नुभयो । आर्थिक वर्ष २०८१/८२ बजेट तर्जुमा गर्दा हालको सरकार नरहेका कारण सबै विषय सम्बोधन गर्न कठिन रहेको उहाँले बताउनुभयो । तथापि हाल विपद्बाट क्षति भएका विद्यालयको पुनःनिर्माण आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा पेस भइसकेको उहाँले बताउनुभयो ।

    मन्त्री भट्टराईले संस्थागत विद्यालयमा सरकारले तोके बमोजिम छात्रवृत्ति दिन अनिवार्य गराइएको, स्थानीय तहलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराइने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि जानकारी गराउनुभयो ।

    इसिडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्रीउक्त भेटमा प्रतिनिधि सभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफल गरिएको र अबको शिक्षाको मोडेल मुलुकमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसार शिक्षा ऐन ल्याउन नागरिकको धारणा लिन खोजेको अवगत गराउनुभयो ।

    शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गर्नुभएका चापागाईंले सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौँ आउनुभएको थियोे । काठमाडौँमा उहाँ उभिन थालेको आज आठौँ दिन हो । खुट्टा सुन्निएपछि उहाँले वैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिनुभएको थियो । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर