• असार ११, २०८२ बुधबार
    25 Jun, 2025, Wednesday

    स्नातकोत्तर तथा अधिस्नातक तहमा नयाँ भर्नाको फारम भर्ने म्याद थपियो (सूचना)


    २०८१ पुष १०, बुधबार
    स्नातकोत्तर तथा अधिस्नातक तहमा नयाँ भर्नाको फारम भर्ने म्याद थपियो (सूचना)

    २०८१ पुष १०, बुधबार

    काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ सञ्चालित स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) को नयाँ भर्नाको लागि अनलाइन फारम भर्ने म्याद थप गरिएको छ ।

    त्रिवि मानविकी तथा सामाजिक शास्त्र डीनको कार्यालय, बल्खु, काठमाडौंले एक सूचना जारी गरी अनलाइन फारम भर्ने म्याद थप गरेको जनाएको हो ।

    सेमेस्टर प्रणालीमा आधारित शैक्षिक बर्ष ०८१/०८२ को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू/क्याम्पसहरू तथा विभाग/कार्यक्रमहरूमा गर्या विद्यार्थी भर्ना कार्यक्रमका लागि अनलाइन फारम भर्ने मिति २०८१ पौष १२ सम्म रहेकोमा मिति २०८१ पौष २५ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमा पुस मसान्तकी राती १२०० बजेसम्म कायम रहने गरी प्रवेश परीक्षाआवेदन फारम भर्ने समयावधि बढाइएको  सूचनामा जनाइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर