काठमाडौ, २८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूका लागि कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ।
ओर्डले कक्षा ११ र कक्षा १२ सञ्चालनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय/क्याम्पसमा अध्ययन गरी कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ प्रणाली अनुसार D र E ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएका) लाई अन्तिम एक पटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका परिक्षार्थिहरुको परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको हो।
यसअघि राष्ट्रिय आरिक्षा बोर्डले मिति २०८१ साल मंसिर २७ गतेभित्र रकम दाखिला गरी मिति २०८१ पुष ०२ गतेभित्र सम्बन्धित विद्यालयमार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी बुझाउन सूचित गरेको थियो।
बोर्डले उक्त समयभित्र विविध कारणले फाराम भर्न छुट भएका विद्यार्थीहरूका लागि मिति २०८१ पुस १२ गतेभित्र रकम दाखिला गरी मिति २०८१ पुस १९ गतेभित्र फाराम बुझ्ने/बुझाउने गरी म्याद थप गरिएको जानकारी दिएको छ।