• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक


    २०८१ असोज ७, सोमबार
    एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

    २०८१ असोज ७, सोमबार

    काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ ।

    गत साउन २३ गतेदेखि सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको छ ।

    परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरेर उत्तीर्ण भएका छन् । बोर्डका अनुसार पूरक परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थीमध्ये १ लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।

    एसईईमा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) लागू गरेको थियो । निर्देशिकाअनुसार परीक्षार्थीले बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने प्रावधान छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर