• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    भानु नगरपालिकामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’


    २०८१ श्रावण २६, शनिबार
    भानु नगरपालिकामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’

    २०८१ श्रावण २६, शनिबार

    दमौली (तनहुँ), २६ साउन : तनहुँको भानु नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू गरेको हो ।

    नगरको शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले शैक्षिक क्षेत्रमा पहिलोचरणमा गत शैक्षिकसत्रमा कक्षा १ देखि ५ सम्म र चालु शैक्षिकसत्रमा कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा वितरण गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष कक्षा १–५ को परिमार्जित संस्करण र कक्षा ६–८ को नयाँ संस्करण निर्माणगरी वितरण गरिएको हो । आधारभूत तह कक्षा १–८ सम्म नै पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने भानु तनहुँ जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।”

    स्थानीय जनप्रतिनिधि, शिक्षकका पेशागत सङ्गठन, प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवीलगायतको सहयोगमा निर्माण गरिएको पाठ्यक्रममा भानुको मौलिक पहिचान जनाउने विषय समावेश गरिएको र यसले बालबालिकाको सिकाइ उपलब्धि सुधार हुने अपेक्षा गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीको भनाइ छ ।

    नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको योगदानलाई प्रचारप्रसार गर्ने उद्धेश्यसहित पाठ्यपुस्तक तयार गरिएको उहाँले बताउनुभयो । भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा जन्मिनुभएका आचार्यको नाममा तत्कालीन भानु गाविस र हाल भानु नगरपालिका नामकरण गरिएको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर