• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन


    २०८१ श्रावण १५, मंगलबार
    पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन

    २०८१ श्रावण १५, मंगलबार

    काठमाडौँः माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ ।

    बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ ।

    परीक्षार्थीले पहिले प्राप्त गरेका नतिजामा केही विषयको ग्रेड प्वाइन्ट (जिपिए) मा परिवर्तन भएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “केही विषयमा परीक्षार्थीले पहिला प्राप्त गरेको विषय अनुसारको ग्रेडमा परिवर्तन भएको मात्रै हो । विद्यार्थीले परिवर्तित नतिजा अनुसार कति जनाले जिपिए ४ नै ल्याए भनेर बोर्डले विश्लेषण गरेको छैन ।”

    बोर्डले ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्दै छ । बोर्डले यस पटक नतिजामा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा पूरक ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि अधिकतम दुई वटा विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर