• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    विद्यार्थीर्को निधारमा ‘मेरो कापी छैन’ लेख्ने शिक्षक कारबाहीमा


    २०८१ असार ९, शनिबार
    विद्यार्थीर्को निधारमा ‘मेरो कापी छैन’ लेख्ने शिक्षक कारबाहीमा

    २०८१ असार ९, शनिबार

    काठमाण्डौंः उदयपुरको कटारी नगरपालिका वडा नं. २ स्थित कमला आधारभूत विद्यालय खोक्साका शिक्षकले एक विद्यार्थीलाई दुव्र्यहार गरेर पठाएको घटना सार्वजनिक भएको छ ।

    कक्षा ३ मा अध्ययनरत एक छात्रलाई शिक्षक नातिबाबु भट्टराईले कापी नलिई आएको भन्दै मार्करले निधार र गालामा ठूलो अक्षरमा ‘मेरो कापी छैन्’ लेखेर विद्यालयबाट घर पठाएको घटना सार्वजनिक भएको हो ।

    मंगलवार बिहान विद्यालय अध्ययनका लागि पुगेका ७ वर्षीय छात्रलाई विद्यालयमा कापी नलगेको भन्दै शिक्षक भट्टराईले वालकको निधारमा लेखेर पठाएपछि घटनाको सर्वत्र विरोध भएको छ ।

    घटना सार्वजनिक भएपछि शिक्षक भट्टराईले घटनाको स्वीकार गरेका छन् । विद्यालयका प्रधानाध्यापक घमन्ड कटुवालले शिक्षक भट्टराईले गलत गरेका स्विकारेको बताए।

    घटना बाहिरिएपछि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षक भट्टराईलाई कार्वाहीको प्रक्रिया सुरु गरिएको बताए । घटना सार्वजनिक भए लगतै कटारी नगरपालिकाले शिक्षकलाई २४घण्टे स्पष्टीकरण सोधेको छ । शिक्षक भटराईको स्पष्टीकरण प्राप्त भएको कटारी नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर