• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा


    २०८१ वैशाख २८, शुक्रबार
    शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा

    २०८१ वैशाख २८, शुक्रबार

    काठमाडौँः नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (एनएनटीए) को माग राखेर लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा भएको छ ।

    शिक्षक महासंघका दुई मुख्य घटक संस्था एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (एनएनटीए) र काँग्रेस निकट नेपाल शिक्षक संघ (एनटीए) बीचको विवादका कारण १०, ११, १२ वैशाखमा भएको दोस्रो महाधिवेशनमा नयाँ कार्यसमिति बन्न सकेको थिएन ।

    एनएनटीएले महाधिवेशन बहिष्कार गरेपछि नयाँ कार्यसमिति बन्न सकेन र १७ वैशाखमा कार्यसमिति घोषणा सभा राख्ने भन्दै महाधिवेशन सकिएको थियो ।

    महासंघले समस्या समाधान गर्न गठन गरेको वार्ता समितिले पटक पटक वार्ता गरे पनि सहमति हुन सकेको थिएन । विवाद समाधान हुने नदेखिएपछि बिहीबार एनएनटीएको भागमा पर्ने महासचिव, उपाध्यक्ष, उपमहासचिव, सचिव लगायतका ११ पद खाली राख्दै सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर