• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता बन्ने बाटो खुल्यो


    २०८० पुष ७, शनिबार
    खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता बन्ने बाटो खुल्यो

    २०८० पुष ७, शनिबार

    काठमाडौंः सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाकोसंवैधानिक इजलासले शुक्रवार ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानुन व्यवसायी परिषद्को नाममा आदेश गरेको हो ।

    खुला विश्वविद्यालयले तय गरेको कानुनको स्नातक तहको पाठ्यक्रम सीमित प्रकृतिको भएको र त्यसक्रममा हुनुपर्ने जति विषयवस्तु नभएको उल्लेख गर्दै परिषद्ले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यकपर्ने परीक्षामा सामेल हुन दिएको थिएन ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर