• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    महोत्तरीको एक विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउदै


    २०८० मंसिर ३०, शनिबार
    महोत्तरीको एक विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउदै

    २०८० मंसिर ३०, शनिबार

    महोत्तरी – जनता मावि गौरिडाडाको स्वर्ण महोत्सवको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ महोत्तरी आउने भएका छन् ।

    स्थापना दिवसको अवसर पारेर १ पुसमा निर्धारण गरिएको महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउने भएका हुन ।

    २०३१ सालमा औपचारिक स्थापना भएको विद्यालय जिल्लाको नै उत्कृष्ट विद्यालय मानिन्छ । झण्डै २५ सय विद्यार्थी अध्यण गर्ने यो विद्यालयमा अहिले प्रावधिक धारका कक्षाहरु समेत संचालन हुँदै आएका छन ।

    पुर्णतया अंग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा लगभग  १७ जिल्लाका विद्यार्थी पठनपाठन गर्न आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुगंानाले जानकारी दिए ।

    उक्त कार्यक्रममा विद्यार्थीहरुले उत्पादन गरेका विभिन्न स्टल समेत देख्न पाइनेछ । संकाय अनुसारका विद्यार्थीहरुले आफ्नो कला र प्रतिभा पर्दसन गर्ने विद्यालयका प्रधानध्यापक रामसकल महतोले जानकारी दिए ।

    बिज्ञान संकायका विध्यार्थीहरुले ड्रोन देखि विभिन्न बिज्ञानसगँ सम्बन्धित उत्पादन पर्दसन गर्नेछन भने वाली बिज्ञान तथा कृषि प्रावधिकका विध्यार्थीहरुले आफैले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शनमा राख्नेछन ।

    मुलतः विद्यालय र समुदाय, तीन वटै सरकारलाई जोडन, विद्यालयको सर्वपक्षीय हितमा सरोकारवाला सवैको ध्यान खिच्न, विद्यार्थीहरुका प्रतिभा र नवपर्वतनहरुको सार्वजनिकिरण गर्न महोत्सवको आयोजना गरिएको अध्यक्ष ढुगंनाको  भनाई छ  ।विशाल बस्नेत/ न्युज कारखाना

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर