• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    एभरेष्ट इन्जिनिरिङ कलेजको प्रविधि मेला स्थगित


    २०८० असोज २४, बुधबार
    एभरेष्ट इन्जिनिरिङ कलेजको प्रविधि मेला स्थगित

    २०८० असोज २४, बुधबार

    काठमाडौंः एभरेष्ट इन्जिनिरिङ कलेजकाे आयोजनामा आज बुधबार हुने भनिएको ‘एभरेष्ट टेक फियस्टा २०२३’ स्थगित गरेको छ । पूर्वतालिका अनुसार निर्धारित कार्यक्रममा विद्यार्थी नै नआउने भएपछि कलेजले आफ्नो प्रविधि मेला स्थगित गरेको हो ।

    पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले टेक फियस्टा कार्यक्रममा विद्यार्थीले बनाएका परियोजना, रोबोट शो, प्यानल छलफल, प्रविधि सम्बन्धी खेल लगायतका विभिन्न गतिविधि गर्ने योजना बनाएको थियो । त्यस्तै २०१७ र २०१८ मा भर्ना भएका सिभिल, कम्प्युटर र आईटी इन्जिनियरिङका विद्यार्थीहरूले बनाएका उत्कृष्ट परियोजनालाई पुरस्कृत गर्ने तालिका पनि थियो ।

    तर दशैं मनाउन विद्यार्थीहरू घर गएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको कलेजका एक प्रतिनिधिले बताए ।

    अब कलेजले सोही कार्यक्रम पुस १४ गर्ने बताएको छ । इन्जिनियरिङ शिक्षामा रुचि हुने जो कोहीलाई यस कार्यक्रम उपलब्धिमूलक हुने कलेजको भनाइ छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर