काठमाडौंः आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच सात बुँदे सहमति भएको छ। शुक्रबार दिउँसो मन्त्रालयमा बसेको वार्ताबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच उक्त सहमति भएको हो ।
बैठकमा मन्त्रालयको तर्फबाट शिक्षामन्त्री अशोक राई, शिक्षा राज्यमन्त्री, सचिव तथा आन्दोलनरत शिक्षकका तर्फबाट पाँच घटकका प्रतिनिधिहरु सहभागी थिए ।
सहमतिसँगै शिक्षकले विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षकहरू असोज ३ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा आएका थिए ।
गत शुक्रबार पनि सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो।