• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र


    २०८० असोज ८, सोमबार
    शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र

    २०८० असोज ८, सोमबार

    शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच असोज ५ गते भएको संझौता अनुसार बुँदा नं. ३ (घ) मा विद्यालयका शिक्षकले पाउने ग्रेड समायोजन सम्बन्धी विषय उल्लेख भएकोले भन्दै कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन आग्रह गरेको छ ।

    पत्रमा भनिएको छ ‘संघीय संसद सचिवालयमा दर्ता गरिएको “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक“ का सम्बन्धमा नेपाल शिक्षक महासंघले प्रेस विज्ञप्तीमार्फत अघि सारेका अठार बुँदे माग बारे माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित वार्ता समितिका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघवीच मिति २०८०/०६/०५ गते भएको संझौता अनुसार बुँदा नं. ३ (घ) मा विद्यालयका शिक्षकले पाउने ग्रेड समायोजन सम्बन्धी विषय उल्लेख भएको हुँदा सो विषय कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन त्यहां मन्त्रालयमा अनुरोध गर्ने भनी मिति २०८०/०६/०८ मा (माननीय मन्त्रीस्तरीय) बाट निर्णय भएको हुँदा निर्णयानुसार हुन निर्णयको प्रतिलिपि र संझौता पत्रको प्रतिलिपि यसैसाथ संलग्न राखि पठाइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’ खबर एजुकेशन

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर