• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    काठमाण्डौं महानगरले १० कक्षासम्मका विद्यार्थीलाई खाजा दिने


    २०८० भाद्र ३, आइतबार
    काठमाण्डौं महानगरले १० कक्षासम्मका विद्यार्थीलाई खाजा दिने

    २०८० भाद्र ३, आइतबार

    काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

    गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि १० रुपैयाँ थप गरेर २५ रुपैयाँ बनाएको थियो ।

    सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गरी ३० रुपैयाँ पुर्‍याएको कोइरालाले बताए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर