• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    मन्त्रिपरिषद् बैठकबाट संघीय शिक्षा ऐन पारित गरी सदनमा पठाउने प्रधानमन्त्रीको प्रतिबद्धता


    २०८० श्रावण १४, आइतबार
    मन्त्रिपरिषद् बैठकबाट संघीय शिक्षा ऐन पारित गरी सदनमा पठाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    २०८० श्रावण १४, आइतबार

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंगलबार मन्त्रिपरिषद् बैठकबाट संघीय शिक्षा ऐन पारित गरी सदनमा पठाउने बताएका छन्। आइतबार समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

    उनले भने,‘संविधानमा शिक्षा,स्वास्थ्य रोजगारीलाई र खाद्य अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गर्ने कुरा आफैँमा ठूलो कुरा हुँदै हो,तर,त्योसँग सम्बन्धित ऐन कानुन नबन्दा अहिलेसम्म शिक्षामा पराम्परागतभन्दा धेरै केही फरक भएन,आज म प्रधानमन्त्रीको हैसियतले पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटि संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदै छ।’

    उनले यो शिक्षा ऐन पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुने पनि बताए। ‘मलाई लाग्छ आफैँमा गुणात्मक प्रकृतिको कदम हुने छ, यसले शिक्षा क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन हुने छ,’उनले भने।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर