• भाद्र २९, २०८२ आइतबार
    14 Sep, 2025, Sunday

    आजका लागि डलर १४० रुपैयाँ ३६ पैसामा कारोबार, राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमय दर


    २०८२ भाद्र ७, शनिबार
    आजका लागि डलर १४० रुपैयाँ ३६ पैसामा कारोबार, राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमय दर

    २०८२ भाद्र ७, शनिबार

    काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७०  पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा र बिक्रीदर १०० रुपैयाँ ८७ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७०  रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा रहेको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर