• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    सुनको मूल्य तोलामा दुई हजार तीन सयले बढ्यो


    २०८१ फागुण १, बिहिबार
    सुनको मूल्य तोलामा दुई हजार तीन सयले बढ्यो

    २०८१ फागुण १, बिहिबार

    काठमाडौँ,  फागुन १ गते ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु. दुई हजार ३०० ले बढेको हो ।

    बुधबार प्रतितोला सुन रु. एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसैगरी, चाँदी प्रतितोला रु. ३५ ले  बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।  रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर