• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


    २०८१ श्रावण १६, बुधबार
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    २०८१ श्रावण १६, बुधबार

    काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर