• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने


    २०८० फागुण १४, सोमबार
    यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने

    २०८० फागुण १४, सोमबार

    काठमाण्डौंः श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताउनुभएको छ ।

    उहाँले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडा अनुसार सन् २०२३ फेब्रुअरीमा एक लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन् ।

    मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताउनुभयो । रासस/सिन्ह्वा

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर