• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट


    २०८० माघ १७, बुधबार
    सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

    २०८० माघ १७, बुधबार

    काठमाडौंः वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।

    बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ ।

    उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनुपर्ने व्यवस्था भएकोले  ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्यामा आवेदक मात्रै समेटिएको कम्पनीले जनाएको छ ।

    वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

    पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर