• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    नेप्से परिसूचक दोहोरो अंकले घट्यो


    २०८० कार्तिक १९, आइतबार
    नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    २०८० कार्तिक १९, आइतबार

    काठमाण्डौंः साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंंकले घटेको छ । आज २१ दशमलव ४६ अंकले घटेको नेप्से परिसूचक १८२६ दशमलव २३ विन्दुमा पुगेको छ ।

    आइतबार २८९ कम्पनीको ३९ हजार ३ सय २२ पटकको कारोबारमा ३५ लाख ५८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ९७ करोड २३ लाख ६७ हजार रहेको छ ।

    त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ३६ अंकले घटेको छ । आइतबार घटेको सेन्सेटिभ इन्डेक्स ३५२ दशमलव ३९ विन्दुमा पुगेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर