• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट


    २०८० भाद्र १८, सोमबार
    भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट

    २०८० भाद्र १८, सोमबार

    काठमाण्डौः भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ ।

    बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

    कम्पनीको आईपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका  लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।  योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

    यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।

    लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट साथै,  भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर