काठमाण्डौंः भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।
बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताउनु भयो । अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव १४४.८० पैशा नेपाली रुपैया) मा उपलब्ध हुनेछ ।
यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी भारतीय उपभोक्तालाई फाइदा हुने बताइएको छ ।
यता नेपालमा बिहिबार मध्य राती १२ बजेदेखी लागु हुनेगरी इन्धनको मूल्य बृद्धी गरिएको छ । निगम संचालन समितिको बिहीबारको बैठकले बढाएको नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासको मूल्य २३५ रुपैयाँ पुगेको छ।