• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    कोप-२८ मा इटालियन प्रधानमन्त्री मेलोनीले मोदीसँग खिचिन् सेल्फी


    २०८० मंसिर १७, आइतबार
    कोप-२८ मा इटालियन प्रधानमन्त्री मेलोनीले मोदीसँग खिचिन् सेल्फी

    २०८० मंसिर १७, आइतबार

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) शनिबारदेखि यूएईमा जारी छ। जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी छन्।

    यही समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    इटालीका प्रधानमन्त्री मेलोनीले भारतीय प्रधानमन्त्री मोदीसँग खिचेको सेल्फी तस्बिर एक्समा पोस्ट गरेकी हुन्। जसमा दुवै जना मुस्कुराएका छन्।

    उनले पोस्टमा लेखेकी छन्, ‘कोप–२८ मा असल साथी।’ भारतीय प्रधानमन्त्री मोदीले मेलोनीले तस्बिर पोस्ट गरेको झन्डै १६ घण्टापछि मात्र जवाफ दिएका छन्।

    त्यसलाई रिट्वीट गर्दै उनले लेखेका छन्, ‘साथीहरूसँग भेट्न पाउनु सधैँ सुखद हुन्छ।’

    यसबाहेक मेलोनीले आफ्नो ट्विटमा सेयर गरेको ह्यासट्यागको सबैभन्दा बढी चर्चा भइरहेको छ।

    इटालीकी प्रधानमन्त्री मेलोनीले आफ्नो पोस्टमा मोदी र मेलोनीलाई मिसाउँदै ह्यासट्याग मेलोडी #Melodi लेखेकी छन्, जसलाई मानिसहरूले धेरै मन पराएका छन्। लाइक र रिट्विट गर्नेको संख्या निकै भइसकेको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर