अमेरिका – क्यानडाको सिमानामा नियाग्रा फल्स नजिकै बुधबार दिउँसो एउटा गाडीमा विष्फोट भएको हो ।
उक्त गाडी विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।
त्यसपछि अमेरिका – क्यानडा सीमा नाका बन्द गरिएको छ । मृतक दुई जनाको अझै सनाखत हुन नसकेको अधिकारीहरुले बताएका छन् ।
एक वरिष्ठ अमेरिकी कानून प्रवर्तन अधिकारीले कार अमेरिकाबाट आउँदै गर्दा भन्सार स्टेशनमा ठोक्किएर कार जलेको बताए ।
कार के कारणले विष्फोट भयो भन्ने अहिले सम्म खुल्न नसकेको छैन् ।