• मंग्सिर २८, २०८२ शनिबार
    13 Dec, 2025, Saturday

    विद्यालयको अक्षयकोषमा ४० लाख सङ्कलन


    २०८२ मंग्सिर १७, मंगलबार
    विद्यालयको अक्षयकोषमा ४० लाख सङ्कलन

    २०८२ मंग्सिर १७, मंगलबार

    बाग्मती, १६ मङ्सिरः मकवानपुरको हेटौँडा उपहानगरपालिका–१६ हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले स्थापना गरेको अक्षयकोषमा रु ४० लाख सङ्कलन भएको छ ।

    गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विद्यालयद्वारा स्वर्ण जयन्तीका अवसरमा अक्षयकोष स्थापना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बास्ताकोटीका अनुसार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाटै अक्षयकोषमा रु आठ लाख सहयोग सङ्कलन भएको छ ।

    यस्तै सो अक्षयकोषमा शिक्षक अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी, पूर्वविद्यार्थी, सल्लाहकार, स्थानीय समाजसेवीलगायतले आर्थिक सहयोग  गरेका थिए । स्वर्ण महोत्सव मनाउने क्रममा दुई साताअघि विद्यालयले अक्षयकोषको घोषणा गरेको थियो । अक्षयकोषमा आर्थिक सहयोग सङ्कलन हुने क्रम जारी रहेको प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले बताउनुभयो । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर