काठमाडौँ, २६ असोज । नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ ।
सनोाले विभिन्न क्याटेगोरीमा फोटो प्रतियोगिता २०८२ गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने जनाइएको छ ।
प्रतियोगितामा पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेश्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाइ १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ ।
सेनाले प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले आगामी मंसिर २१ गतेसम्म आफ्नो फोटो photo.nepalarmy.mil.np मा पठाउन सक्ने जनाएको छ।
निर्देशनालयका अनुसार, उत्कृष्ट फोटोहरूलाई सेनाको प्रकाशन, प्रदर्शनी तथा प्रचार–प्रसारका माध्यममा प्राथमिकता दिइनेछ।