काठमाडौँ । शिक्षक सेवा आयोगले पर्सि २६ गतेदेखि हुने माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ता स्थगित गरेको छ ।
देशमा विद्यमान असहज परिस्थितिका कारण पर्सिदेखि असोज १ गतेसम्म तय भएको माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव गणेश प्रसाद पौडेलद्वारा आज जारी सूचनामा जनाएको छ ।
आयोगको गत साउन १९ गतेदेखि २३ गतेसम्म प्रकाशित सूचना अनुसार माध्यमिक तहको स्थायी शिक्षक पदपूर्ति प्रयोजनार्थ विज्ञापन भएका पदमा अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरूको अन्तर्वार्ता पर्सि २६ गतेदेखि आगामी असोज १ गतेसम्मका लागि तय गरिएको आयोगद्वारा आज जारी सूचनामा जनाइएको छ ।