• असार ३०, २०८२ सोमबार
    14 Jul, 2025, Monday

    छात्रालाई जिस्क्याएको आरोपमा शिक्षकमाथि कुटपिट, विद्यालयमा तोडफोड


    २०८२ असार २९, आइतबार
    छात्रालाई जिस्क्याएको आरोपमा शिक्षकमाथि कुटपिट, विद्यालयमा तोडफोड

    २०८२ असार २९, आइतबार

    Article Summary

    • गरुडा, रौतहट । रौतहटको गरुडा–९ स्थित श्रीपुरको श्री माध्यमिक विद्यालयमा एक शिक्षकले छात्रालाई जिस्क्याएको आरोपमा स्थानीय अभिभावक र विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्नुका साथै शिक्षकमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थडे मेरी जान’ लेखिएको सन्देश पठाएको आरोप लागेपछि विवाद सुरु भएको हो। सोही विषयलाई लिएर आक्रोशित विद्यार्थी र पीडित छात्राका आफन्तले साहमाथि कुटपिट गरेका थिए। उक्त घटनापछि विद्यालयको केही कक्षाको झ्याल, ढोका लगायत संरचनामा क्षति पुगेको बताइएको छ। स्थिति तनावपूर्ण भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो। अहिले शिक्षक साहलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। घटनापछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ। यसबारे विद्यालय प्रशासनले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यता, प्रहरीले दुवै पक्षको बयान संकलन गर्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ।

    गरुडा, रौतहट । रौतहटको गरुडा–९ स्थित श्रीपुरको श्री माध्यमिक विद्यालयमा एक शिक्षकले छात्रालाई जिस्क्याएको आरोपमा स्थानीय अभिभावक र विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्नुका साथै शिक्षकमाथि कुटपिट गरेका छन्।

    प्रहरीका अनुसार विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थडे मेरी जान’ लेखिएको सन्देश पठाएको आरोप लागेपछि विवाद सुरु भएको हो। सोही विषयलाई लिएर आक्रोशित विद्यार्थी र पीडित छात्राका आफन्तले साहमाथि कुटपिट गरेका थिए।

    उक्त घटनापछि विद्यालयको केही कक्षाको झ्याल, ढोका लगायत संरचनामा क्षति पुगेको बताइएको छ। स्थिति तनावपूर्ण भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

    प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो। अहिले शिक्षक साहलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    घटनापछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ। यसबारे विद्यालय प्रशासनले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यता, प्रहरीले दुवै पक्षको बयान संकलन गर्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर