• असार २२, २०८२ आइतबार
    06 Jul, 2025, Sunday

    एमालेद्वारा प्रदेशदेखि टोलसम्मका संरचनाहरूको अधिवेशन तीव्र


    २०८२ असार २२, आइतबार
    एमालेद्वारा प्रदेशदेखि टोलसम्मका संरचनाहरूको अधिवेशन तीव्र

    २०८२ असार २२, आइतबार

    Article Summary

    • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो संगठनात्मक संरचनाको सुदृढीकरणका लागि देशभर पार्टी अधिवेशनहरू तीव्र गतिमा सम्पन्न गरेको छ । पार्टीले सातै प्रदेश र सबै जिल्ला तहका अधिवेशन सकिएको जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले पार्टी निर्वाचन आयोगको रिपोर्टिङका आधारमा प्रस्तुत गरेका विवरणअनुसार स्थानीय तहमा ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीहरूको अधिवेशन सम्पन्न भइसकेको छ । पोखरेलले सामाजिक सञ्जालमार्फत निर्धारित समयमै अधिवेशन गराएकोमा पार्टी निर्वाचन आयोगलाई धन्यवादसमेत दिएका छन् । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार अब पालिकातर्फ झण्डै १० वटा मात्रै कमिटीको अधिवेशन बाँकी रहेको छ । विभिन्न कारणले रोकिएका ती अधिवेशनहरू आन्तरिक व्यवस्थापन मिलाएर छिट्टै सम्पन्न गरिने बताइएको छ । यसैगरी हालसम्म करिब ६ हजार वडाको अधिवेशन सकिएको छ भने बाँकी रहेका वडाहरूको अधिवेशन पनि विधान महाधिवेशनअघि सकिने गरी तयारी अघि बढाइएको छ । महासचिव पोखरेलका अनुसार पार्टीका २३ वटा जनसंगठनहरूमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेको सात संगठनहरूको महाधिवेशन पनि आगामी चरणमा सम्पन्न गर्ने तयारी भइरहेको छ । एमालेले आगामी विधान महाधिवेशनलाई केन्द्रमा राखेर आफ्नो संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई अधिक मजबुत बनाउन यो अधिवेशन प्रक्रिया अघि बढाएको बताइएको छ ।

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो संगठनात्मक संरचनाको सुदृढीकरणका लागि देशभर पार्टी अधिवेशनहरू तीव्र गतिमा सम्पन्न गरेको छ । पार्टीले सातै प्रदेश र सबै जिल्ला तहका अधिवेशन सकिएको जनाएको छ ।

    एमालेका महासचिव शंकर पोखरेलले पार्टी निर्वाचन आयोगको रिपोर्टिङका आधारमा प्रस्तुत गरेका विवरणअनुसार स्थानीय तहमा ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीहरूको अधिवेशन सम्पन्न भइसकेको छ ।

    पोखरेलले सामाजिक सञ्जालमार्फत निर्धारित समयमै अधिवेशन गराएकोमा पार्टी निर्वाचन आयोगलाई धन्यवादसमेत दिएका छन् ।

    निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार अब पालिकातर्फ झण्डै १० वटा मात्रै कमिटीको अधिवेशन बाँकी रहेको छ । विभिन्न कारणले रोकिएका ती अधिवेशनहरू आन्तरिक व्यवस्थापन मिलाएर छिट्टै सम्पन्न गरिने बताइएको छ ।

    यसैगरी हालसम्म करिब ६ हजार वडाको अधिवेशन सकिएको छ भने बाँकी रहेका वडाहरूको अधिवेशन पनि विधान महाधिवेशनअघि सकिने गरी तयारी अघि बढाइएको छ ।

    महासचिव पोखरेलका अनुसार पार्टीका २३ वटा जनसंगठनहरूमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेको सात संगठनहरूको महाधिवेशन पनि आगामी चरणमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

    एमालेले आगामी विधान महाधिवेशनलाई केन्द्रमा राखेर आफ्नो संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई अधिक मजबुत बनाउन यो अधिवेशन प्रक्रिया अघि बढाएको बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर