• असोज ३०, २०८२ बिहिबार
    16 Oct, 2025, Thursday

    संगीतकी साक्षात् देवी भन्दै रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ


    २०८० मंग्सिर ८, शुक्रबार
    संगीतकी साक्षात् देवी भन्दै रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ

    २०८० मंग्सिर ८, शुक्रबार

    काठमाण्डौः बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेललाई ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् ।

    इण्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकाको पाउ छोएर सम्मान दर्शाए । आगामी फिल्म ‘एनिमल’ प्रवर्द्धनका लागि रणवीर र अभिनेत्री रश्मिका मन्दाना इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएर मन्त्रमुग्ध तुल्याएकी थिइन् ।

    मेनुकाको गीतमा भावविह्वल रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान दर्शाए । रणवीरले साक्षत देवी भन्दै निहुरिएर मेनुकाको पाउ छोए । मेनुकालाई अँगाल्दै उनले भने, ‘मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशिर्वाद लिन चाहन्छु ।

    जब श्रेयाजीले ठूलो मञ्चमा गाउँदा दर्शकलाई यस्तै महसुस भएको हुन सक्छ । श्रेयाजीलाई देवी भन्छौं । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रुपमा उपस्थित हुनुहुन्छ ।’ साथै रणवीरले मेनुकाको लागि भोट पनि मागे । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय चर्चा बटुलिरहेकी छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर